२०८३ बैशाख १८ गते शुक्रवार

९ महिना जेल तोकिएका युवक पक्राउ


दाङ, चैत २१ । नौं महिना जेल सजाय तोएिका एक युवकलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।


जिल्लाको गुलरिया नगरपालिका वडा नं. ५ का सुशिल थापालाई पक्राउ गरिएको परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


जिल्ला अदालत बर्दियाले बैशाख ७ गते प्रतिबन्धित लागु औषध मुद्दामा उनलाई दोषी ठहर गर्दै नौं महिना काराबास सजाय तोकेको थियो ।
अदालतको फैसला पछि उनी फरार रहँदै आएका थिए ।

लुकिछिपी बस्दै आएका थापालाई आफ्नै घरबाट सोमबार बेलुका घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।


थापालाई अदालतमा पेश गरिएको अदालतको आदेशले मंगलबार तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *