२०८३ बैशाख १६ गते बुधवार

आज विश्व अटिजम जनचेतना दिवस मनाइँदै

काठमाण्डौ,चैत १९ । आज विश्व अटिजम दिवस, नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले अप्रिल २ तारिखलाई विश्व अटिजम सचेतना दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो।

अटिजमको बारेमा सचेतना जगाउने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिँदै यो दिवस मनाइन्छ । अटिजम जन्मजात हुने एक विशेष खालको अपाङ्गता हो ।

अटिजमका लक्षण जन्मिएको तीन वर्षभित्र प्रष्ट रुपमा चिन्न सकिने अटिजम केयर नेपाल सोसाइटीले जनाएको छ।

सोसाइटीका अनुसार अटिजम भएका बालबालिकाहरुले आत्म केन्द्रित व्यवहार देखाउँछन् । झट्ट हेर्दा सामान्य अवस्थाकै बालबालिका जस्ता देखिए पनि अटिजम भएका बालबालिकाले अरुलाई वास्ता नगर्ने हुन्छन् ।

अटिजम भएका बालबालिकामा पनि छुट्टै विशेषता हुन्छ । समयमा नै उपचार गराउन सके उनीहरुको वृत्तिविकासमा सहयोग पुग्छ ।

बालबालिकाले अस्वाभाविक प्रतिक्रिया देखाउने, एउटै व्यवहार लगातार दोहोर्याइरहने, अरूसँगै घुलमिल नहुने जस्ता समस्या बालबालिकाले देखाए तुरुन्त परामर्शमा जानु पर्ने हुन्छ ।

अटिजम केयर नेपाल सोसाइटीका अनुसार अटिजमको कुनै औषधि नभएकाले बालबालिकाको वृत्ति विकासका लागि अभिभावकले नै वातावरण बनाउनु पर्दछ।

प्रकाशित मिति : २०७९ चैत्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *