२०८३ बैशाख १२ गते शनिवार

रुकुम पश्चिममा चार हजार २१६ विद्यार्थीले एसइई दिँदै

रुकुम पश्चिम, चैत १६ । देशभर शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत रुकुम पश्चिममा सम्पूर्ण तयारी पुरा भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले परीक्षाको तयारी पुरा भएको जानकारी दिएको छ ।

इकाईका सूचना अधिकारी डायमण्ड पुनका अनुसार जिल्लामा २३ वटा परीक्षा केन्द्रमा तोकिएको छ भने केन्द्राध्यक्षहरुलाई आवश्यक अभिमुखीकरण गरेर प्रश्न पत्र र उत्तरपुस्तिका सहित केन्द्रमा पठाइसकिएको छ ।

केन्द्राध्यक्षलाई अभिमुखीकरण गर्ने, परीक्षा केन्द्रसम्म प्रश्नपत्र र उत्तर पुस्तिका पुर्‍याउनेदेखि अन्य व्यवस्थापनका काम पूरा भएको सूचना अधिकारी पुनले बताए ।

उनका अनुसार यस वर्ष जिल्लाबाट जम्मा चार हजार २१६ जना परीक्षार्थी एसइई परीक्षामा सहभागी हुनेछन् । नियमित तर्फ चार हजार १७४ र ग्रेड बुद्धि तर्फ ४२ जना विद्यार्थी सहभागी रहने छन् ।

नियमित अन्तर्गत साधारण तर्फ चार हजार ९३ जना विद्यार्थी रहेका छन् । जसमध्य दुई हजार ६ जना छात्र र दुई हजार ८७ जना छात्रा रहेको पुनले बताए ।

त्यसैगरी, प्राविधिकतर्फ ४७ जना छात्र र ३४ जना छात्रा गरेर ८१ जना परीक्षामा सहभागी हुने बताइएको छ । ग्रेडवृद्धि तर्फ १९ जना छात्र र २३ जना छात्रा सहभागी हुनेछन् ।

प्राविधिकतर्फ गत वर्ष शीतल माविका विद्यार्थी रहेका थिए भने यस वर्ष थप दुई विद्यालयका प्राविधिक तर्फका विद्यार्थीहरूले एसइई दिनेछन् । यस वर्ष शीतल माविसँगै राप्ती ज्ञानोदय मावि र भेरी दोभान माविमा प्राविधिक तर्फको केन्द्र सञ्चालन हुनेछ ।

जिल्लामा रहेका एक खुला सहित ७७ वटा सामुदायिक विद्यालय र पाँच वटा संस्थागत विद्यालय गरी कुल ८२ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

दुई वटा संस्थागत माविमा भने यो वर्ष विद्यार्थी नरहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *