२०८३ बैशाख १७ गते बिहिवार

वडाध्यक्ष गरिबे शेषले दिए आठ कक्षाको परीक्षा

दाङ,चैत १३ ।बाँकेको खजुरा गाउँपालिकाका एक जना वडाध्यक्षले आठ कक्षाको परीक्षा दिएका छन्।

वडा नं.५ का वडाध्यक्ष गरिबे शेषले आठ कक्षाको परीक्षा दिएका हुन्। खुल्ला विद्यालयबाट आदर्श मावि केन्द्रबाट वडाध्यक्ष शेषले परीक्षा दिएका छन्।

‘योग्यता’ नभएको भन्दै कुरा काट्ने गरिएपछि जसरी पनि पढ्छु भन्ने दृढ विश्वासले गर्दा आठ कक्षाको परीक्षा दिएको वडाध्यक्ष शेषको भनाइ छ। वडाध्यक्ष शेषले अगाडिको कक्षाको परीक्षा दिने बताएका छन्।

शेषका छोरा कक्षा ९ मा पढ्छन्। भतिजो पनि पढेलेखेका छन्। छोरा र भतिजोसँग नियमित कक्षा लिएर शेषले परीक्षा दिएका हुन्। भानु माविका शिक्षक जिआउल हकले पनि घरमा आएर पढाइदिन्थे।

सोमबार परीक्षा सिधिएपछि पालिकामा आइपुगेका शेषले राजनीतिमा योग्यता चाहिने भएकाले पढ्न सुरु गरेको बताए। त्यसो त शेष भानु माविको व्यवस्थापन समितिको अध्यक्ष हुन्। भारी मत अन्तरले प्रतिस्पर्धीलाई पराजित गर्दै उनी अध्यक्ष भएका थिए।

माविको व्यवस्थापन समितिको अध्यक्ष हुन भने एसएलसी पास भएको हुनुपर्छ। शेषसँग त्यो प्रमाणपत्र भने थिएन।

 

प्रकाशित मिति : २०७९ चैत्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *