२०८३ बैशाख १८ गते शुक्रवार

धारा १६२ (२) अनुसार आँफुलाई मुख्यमन्त्री बनाउन डिल्लीबहादुर चौधरीद्धारा दाबी प्रस्तुत

दाङ, चैत १२ । नेपाली काँग्रेसका नेता तथा दाङको निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित सांसद डिल्लीबहादुर चौधरीले आँफुलाई संविधानको धारा १६८ (२) अनुसार लुम्बिनी प्रदेशको मुख्य मन्त्री बनाउन माग गर्दै दाबी प्रस्तुत गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनलाई आइतबार ९ दलका ५३ सांसदको समर्थन रहेको हस्ताक्षरसहित चौधरीले त्यस्तो दाबी पेश गरेका हुन ।

उनले गण्डकीमा जस्तै लुम्बिनीमा पनि नयाँ सरकार गठनको बाटो खोल्न माग गरे । ‘धारा २ मा जाने कि ३ मा भन्ने ठूलो संघर्ष पछि बहुमत सांसदहरुको हस्ताक्षर भएको हुँदा धारा २ मै जानु पर्छ भन्ने कुरा यहाँहरुले नै भनेको कुरा स्मरण गराउन चाहान्छु,’ चौधरीले भने ‘ यस्तो अभ्यास गण्डकी र लुम्बिनीमा जस्तै बहुमत सांसद हुँदा सम्म धारा २ अनुसार मलाई मुख्य मन्त्री बनाइयोस ।’

प्रदेश प्रमुखले पहिले नै यो निर्णय गरेको हुँदा आँफु धारा २ अनुसार नै मुख्य मन्त्री हुन पाउनु पर्ने उनले माग गरेका थिए । लुम्बिनीमा सबै भन्दा ठूलो दल नेकपा एमाले हो । काँग्रेस दोस्रो ठूला दल हो । चौधरीको यो दाबीले बहसहरु सृजना गरेको कतिपयले बताएका छन् ।

यस्तो छ लुम्बिनीमो अंक गणित
लुम्बिनीमा ८७ जना सांसदहरु छन् । त्यसैले नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन जरुरी हुन्छ । प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, कांग्रेसका २७ , माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४ ÷ ४, जनमत पार्टी र जसपाका ३ ÷ ३ , नेकपा एकीकृत समाजवादीका १ र २ स्वतन्त्र सांसद छन् ।

लुम्बिनीमा निर्वाचित ३ स्वतन्त्र सांसद मध्य यसअघि नै दुई जना सांसद माओबादीमा पार्टी प्रबेश गरि सकेका छन् । अब एकजना मात्रै स्वतन्त्र सांसद छन् ।

यदी यही अनुरुप नयाँ सरकार गठन भए लुम्बिनीमा एमाले र राप्रपा बाहेक अन्य सबै सत्तामा हुने देखिएको छ ।

संविधानको धारा १६८ (२) अनुसार अबको ३० दिन भित्र नेकपा एमालेका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिनुपर्ने ब्यबस्था छ ।

यदी उनले विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा ठूलो दलको हैसियतमा फेरि सरकार गठनको प्रयास गर्न सक्ने सुबिधा छ । त्यसो हुँदा गिरी नेतृत्वको सरकार जेठ दोस्रो सातासम्म कायम रहन सक्ने देखिन्छ ।

तर, त्यो प्राबधान बिपरित दोस्रो ठूलो दल काँग्रेस नेता चौधरीले आँफुलाई धारा २ अनुसार नै मुख्य मन्त्री बनाउन दाबी प्रस्तुत गरेका हुन ।

 

प्रकाशित मिति : २०७९ चैत्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *