२०८३ बैशाख १८ गते शुक्रवार

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिँदै

काठमाडौँ,चैत ८ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार दोस्रोपटक विश्वासको मत लिँदैछन्।

विश्वासको मतका लागि प्रदेशसभा सचिवालयले आज अपरान्ह ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो। जसले गर्दा मुख्यमन्त्री जम्मकट्टेलले आज दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

उनले चैत १३ गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।

गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो।

बागमती प्रदेश सरकारको वर्तमान मन्त्रिपरिषदमा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन्।

 

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *