२०८३ बैशाख १९ गते शनिवार

रुकुम पश्चिममा कुकुरले पत्ता लगाएको गाडिएको एउटा शब

दाङ, चैत ७ । रुकुम पश्चिममा एक ब्यक्तिको गाडिएको शब कुकुरले पत्ता लगाएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ छेडाका बोल्न नसक्ने ६५ लोकबहादुर केसीको शब माटोमुनी गाडिएको अवस्थामा तालिम प्राप्त कुकुरले पत्ता लगाएको हो ।

उनी चैत्र १ गते बिहानदेखि वेपत्ता थिए । बिहान ८ बजे घरबाट बस्तु चौपायालाई घाँस काट्न भनेर गएका उनी नफर्किएपछि भाइ डिल्लीबहादुरले दोस्रो दिन खोजतलास गरिदिन भन्दै प्रहरीमा निबेदन दिएका थिए ।

लगातार खोजी गर्दापनि लोकबहादुर फेला नपरेपछि सोमबार मात्रै बाँकेको कोहलपुरबाट प्रहरीले तालिम प्राप्त कुकुर रुकुम पश्चिम लगेको थियो ।
सोही कुकुरले लोकबहादुरको शब माटोमुनी पूर्ण रुपमा पुरेको अवस्थामा मंगलबार दिउँसो २ बजेतिर फेला पारेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराइले जानकारी दिए ।

छेडादेखि माछामी जाने भित्री सडक खण्डको गड्याङ भन्ने स्थानमा सडकदेखि झन्डै ६० मिटर तल उनको शब फेला परेको प्रहरीले बताएको छ ।

घटनास्थल क्षेत्रमा डोजेरले खनेर बाटो निर्माणको काम भइरहेको हुँदा बाटो खन्ने क्रममा माथिबाट झरेको ढुँगाले लागेर लोकबहादुर मृत्यु भएको हुन सक्ने आशंका प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *