२०८३ बैशाख १९ गते शनिवार

सल्यानमा आगलागी हुँदा चार जना गम्भीर घाइते

दाङ, चैत ७ । सल्यानमा गएराति भएको आगलागीमा परि चार जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको कुमाख गाउँपालिका वडा नं. ४ भण्डारखोलास्थित अन्दाजी २४ बर्षीय शंकर रानाको किरानमा पसलमा गएराति ९ बजेतिर आगलागी हुँदा शंकरसहित स्थानीय २६ वर्षीय यज्ञ राना, २१ बर्षीय जीवन राना, १८ बर्षीय क्षेत्रमनी राना र २० बर्षीय सञ्जिव शाह घाइते भएका थिए ।

पाँच घाइते सबैलाई जिल्लामा प्रारम्भीक उपचार पछि थप उपचारका लागि गएराति नै बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । ती मध्य १८ बर्षीय क्षेत्रमनी राना मंगलबार डिस्चार्ज भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले जानकारी दिए ।

गम्भीर घाइते थप चार जनालाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेजवाट थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ ।

मंगलबार बिहान मात्रै घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पुगेको आगलागीको कारण अझैं खुली नसकेको डिएसपी केसीले बताए ।

किराना पसल भित्र ग्यालिनमा पेट्रोल रहेको हुँदा त्यसैबाट आगो सल्किएको आशंका भइरहेको प्रहरीले जानकारी दिएको छ ।

किराना पसल भएको कच्ची तीन कोठे एक तले टिनले छाएको घर आगोले पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जानकारी दिएको छ ।

किराना पसलमा भएको आगलागीको क्षतिको पनि बिवरण आउनपनि बाँकी नै रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *