तुलसीपुर, चैत ३ । व्यवस्थित आश्रम निर्माणका लागि नेपाल मानव धर्म सेवा समिति दाङको आयोजनामा तुलसीपुर ६ रजौरामा संचालित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आय-व्यय विवरण सार्वजनिक गरिएको छ ।
समितिको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर महायज्ञका मुल संयोजक टोपबहादुर घर्तीले १६ लाख ५८ हजार ३ सय ५३ ,रुपैयाँ संकलन भएको बताए ।
जसमध्ये टेन्ट, भण्डारा, पण्डित, प्रमाणपत्र लगायत विभिन्न शिर्षकमा ९ लाख ७८ २ सय १४ रुपैयाँ खर्च भएको छ ।
त्यसैगरी संकलन रकम मध्य खर्च कटाएर ६ लाख ८० हजार एक सय ३९ रुपैयाँ बचत भएको संयोजक घर्तीले बताए ।
यसैगरी नेपाल मानव धर्म सेवा समितिका चाँदना बाइजीले सहयोग गर्ने भक्तजन, स्वयमसेवक, दानदाता लगायत सबै प्रति धन्यवाद ज्ञापन गरिन ।
महायज्ञ फागनु २४ गतेदेखि संंचालन भएर फागुन ३० गते समापन गरिएको थियो ।
प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार