२०८३ बैशाख १९ गते शनिवार

बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मी धरौटीमा छुटे

काठमाडौं,चैत १ । बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

अदालतले उनलाई ७५ हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए। अदालतले गत साता उक्त आदेश दिएपछि रेग्मी छुटेका हुन्।

सामाजिक सञ्जालमा विभिन्न कलाकारहरूमाथि चरित्र हत्या गरेको आरोपमा ब्युरोले उनीमाथि अनुसन्धान गरेको थियो।

अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। कार्यालयले फागुन १९ गते काठमाडौं जिल्ला अदालतमा रेग्मीविरूद्ध मुद्दा दर्ता गरेको हो।

गत फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्युरोले उनलाई पक्राउ गरेको थियो। उनी थाइल्यान्डबाट स्वदेश फर्केलगत्तै पक्राउ परेका थिए।

रेग्मीविरूद्ध महेश आचार्य, प्रमोद खरेल, सत्यराज आचार्य र लक्ष्मण बिडारीले उजुरी दिएका थिए। रेग्मीले सामाजिक सञ्जालमार्फत आफूहरूको चरित्र हत्या गरेको भन्दै उनीहरूले बताएका थिए।

जाहेरीको आधार ब्युरोले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कसुरमा अनुसन्धान गरेको थियो। प्रहरीले रेग्मीविरूद्ध पीडितले निवेदनसहित दिएको स्क्रिनसट कागजातहरू प्रमाणको रूपमा पेस गरेको थियो।

उनलाई उक्त दफाअनुसार एक लाख रूपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय गर्न माग गरेको थियो।

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *