२०८३ बैशाख १८ गते शुक्रवार

बित्तीय साक्षरता सम्बन्धि अभिवृद्धि कार्यक्रम सम्पन्न

तुलसीपुर ,फागुन २९ । एन.एम .बि लघुबित्त संस्था लिमिटेडले शान्तिनगर गाउँपालिका वडा न. ५ रगैचामा उद्धमशिलता बिकास तथा बित्तीय साक्षरता सम्बन्धि अभिवृद्धि कार्यक्रम गरेको छ ।

बित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डेको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ओपेन्द्र रावतको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भयको हो ।

कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृतले लघुबित्त संस्था बिपन्न तथा बैंकिङ पहुचबाट बन्चित नागरिकहरुको साथीको रुपमा रहेको दाबी गरे ।

उनले पैसाको सहि सदुपयोगबाट अकस्मात आइपर्न सक्ने बित्तीय चुनौतिहरुलाइ निराकरण गर्न सकिने बताउनुका साथै संस्थाबाट सापटि लगेको कर्जाको सहि सदुपयोग गर्न पनि आग्रह गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथी रावतले गरिबी निवारण गर्न राज्यको दायित्व रहेको र येसै उदेश्यका साथ लघुबित्त पनि लागिपरेकोले दुबैको लक्ष्य एक रहेकाले लघुबित्त संस्थालाई किसानमैत्री कर्जाका प्रकारहरु ल्याउन सुझाब दिदै कर्जा लगानी गर्दा प्रयोजन हेरि मात्र रिण लगानी गर्न आग्रह गरे ।

उनले किसानहरुलाइ पनि कर्जाको सहि सदुपयोग गरि उद्यमसिलतामा आउन जोड दिए । सरकारले दिने अनुदान र बिमाको बारेमा पनि प्रकाश पार्दै आफू सदैब जनताको बिचमा रहने भएकोले त्यस्ता प्रकारका उद्यम गरेमा अनुदान लगायतका सरकारले दिने सुबिधामा राज्यको तर्फबाट आफ्नो पुर्ण सहयोग रहने बताए ।

उक्त कार्यक्रममा गाउँपालिका कृषि तथा पशु अधिकृत देबराज आचार्यले बाख्रा पालन सम्बन्धी प्राबिधिक ज्ञान र सिपको बारेमा उपस्तिथि किसानहरुलाई प्रष्ट पारेका थिए ।

संस्थाका लुम्बिनी प्रदेश प्रमुख लन्कबहादुर बमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बचत कसरी गर्ने, किन गर्ने र घरमा बजेट कसरी तयार पार्ने बारेमा संस्थाका बचत तथा केन्द्र ब्यबस्थापन प्रमुख प्रेम प्रसाद सुबेदीले बताएका थिए ।

त्यसै गरि कर्जाको उपयोगिता तथा कर्जा लिदा र प्रयोग गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने बारेमा संस्थाका कर्जा बिभाग प्रमुख कमल पोख्रेलले प्रष्ट पारेका थिए ।

उक्त कार्यक्रमको सहजिकरण संस्थाका बचत तथा केन्द्र ब्यबस्थापन बिभाग प्रमुख प्रेम प्रसाद सुबेदिले गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *