तुलसीपुर, फागुन २८ । दाङमा एक साता नबित्दै तीन वटा बलात्कारका घटना सम्बन्धि उजुरी परेका छन् ।
बंगलाचुलीमा ४ बर्षीया बालिका, शान्तिनगरमा ७ बर्षीया बालिका र घोराहीमा श्रीमानसंगै सुतिरहेकी एक २९ बर्षीया महिलालाई जबरजस्ती बन्धक बनाइ बालात्कार भएको सम्बन्धी मुद्दाहरु दर्ता भएका छन् ।
आफ्ना २६ बर्षीय अपाङ श्रीमान संग सुतेकी २९ बर्षीया ती महिलालाई फागुन २६ गते राति साढे १ बजे दुई युवाले जवरजस्ती बन्धक बनाइ सामुहिक बलात्कार गरेका थिए ।
उक्त दिन बाटोमा माग्दै हिडेर जीवन निर्वाह गर्दै आएका ती श्रीमान श्रीमती रात परेपछि घोराही उपमहागनरपालिका वडा नं. १७ बेलभारस्थित गजु चौधरीको घरको आँगनमा सुतेका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीका अनुसार स्थानीय २९ निर्मल चौधरी र २३ मनोज चौधरी मध्य रातमा सुतिरहेका उनीहरुलाई कुटपिट गरि महिलालाई बन्धक बनाइ झन्डै २५ मिटर टाढा घिसार्दै लगेर पालैपालो सामुहिक बलात्कार गरेको पीडितले किटानी जाहेरीमा उल्लेख गरेका छन् ।
आफ्ना अपाङ्ग श्रीमानको उपाचार गराउन भनेर तीन महिना अगाडि श्रीमतीसहित दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आएका थिए । बाहिरी जिल्लाबाट उनीहरु उपचार गर्दै जाँदा रकम अभाव भएपछि श्रीमान श्रीमती बाटोमा दिनभर मागेर जीवन यापन गर्दै आएका थिए ।
पक्राउ परेका दुबै माथि सामुहिक करणी अन्तरगत मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालतबाट आइतबार घटना अनुसन्धानका लागि उनीहरुका बिरुद्ध पाँच दिनको म्याद थप भएको छ ।
त्यस्तै जिल्लाको बंगलाचुली गाउँपालिकामा एक ४ बर्षीया नाबालिकमाथि बलात्कार गरेको आरोपमा घोराही – १८ का ३४ बर्षीय बिराज लम्साल पक्राउ परेका छन् ।
लम्साल बंगलाचुली – ८ मा ज्यालादारी मजुरी गर्दै आएका थिए । नाबालिकालाई ललाइ फकाई दश रुपैंयाको नोट दिएर नजिकै खरबारीमा पु¥याइ लम्सालले बलात्कार गरि बेहोस बनाइ छोडेको अवस्थामा आमाले फेला पारेको एसपी वलीले बताए ।
पक्राउ परेका लम्साल बिरुद्ध पनि जवरजस्ती करणी शिर्षकमा मुद्दा चलाई प्रारम्भीक अनुसन्धान पुरा भइ सकेको एसपी वलीले जानकारी दिए । जिल्ला अदालतले आइतबार नै लम्साललाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको छ ।
त्यस्तै दाङको शान्तिनगरमा एक जना सात बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।
दाङको शान्तिनगर गाउँपालिका–७ स्थित माध्यामिक विद्यालय धनौरी क्षेत्रमा सात वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा शान्तिनगर गाउँपालिका–७ बस्ने १७ वर्षीय एक किशोर पक्राउ परेका छन् ।
होलीको दिन ११ ः ३० बजेतिर ती किशोरले नाबालिकालाई ललाई फकाई सोही विद्यालयको छेउमा पु¥याइ बलात्कार गरेको जाहेरी पछि बुधबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
पक्राउ परेका किशोरमाथि म्याद थप भइ थप अनुसन्धान जारी रहेको छ ।