२०८३ बैशाख १८ गते शुक्रवार

खोजमूलक पत्रकारिता तालिम सुरु

तुलसीपुर ,फागुन २७ । घोराहीमा पत्रकार महिलाका लागि सम्बन्धी २ दिने खोजमूलक पत्रकारिता तालिम सुरु भएको छ ।

सञ्चारिका समूह लुम्बिनी प्रदेशको आयोजना तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा शनिबार देखि उक्त तालिम सुरु भएको हो ।

कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले महिला पत्रकारहरुलाई खोजमूलक पत्रकारितामा दक्ष बनाउन तालिमको आयोजना गरिएको बताइन ।

“पछिल्लो समय खोजमूलक समाचारमा पत्रकारको सक्रियता कम भएको देखिन्छ, उनले भनिन् ,खोजमूलक विषयले समुदायमा दबिएर रहेको समस्या तथा नमूना कार्यहरूको उठान हुन्छ।”

उनले महिला पत्रकारलाई दक्ष बनाए ब्यबसायिक पत्रकारिता तर्फ स्थापित गराउन पर्ने आवश्यकता रहेको बताइन ।

त्यस्तै सञ्चारिका समूह लुम्बिनी प्रदेशका सल्लाहकार ले आयोजना गरेको खोजमूलक पत्रकारिता नारायणी रजौरले सकारात्मक सन्देश दिने खालका विषयबस्तुले समाज तथा व्यक्तिको न्याय हुने बताइन ।

उनले एकपटक उठाएको विषयबस्तुलाई निरन्तरता दिनु पर्ने बताइन ।

यस्तै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले समाचारको विषयबस्तु शिक्षा, स्वास्थय, स्थानीय तह,विकासका समाचार विषयबस्तु छनोटको बारेमा जानकारी गराएका थिए ।

उनले अरूले लेखेका समाचार पढ्नु पर्ने बानीको विकास गर्नु पर्ने बताए ।

उक्त तालिममा दाङ , प्युठान र रोल्पाका गरी २० जना विभिन्न सञ्चार माध्यममा आवद्ध माहिला पत्रकारहरुको सहभागिता रहेको छ ।

तालिम भोलि सम्म सम्म चल्नेछ ।

 

 

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *