२०८३ बैशाख १७ गते बिहिवार

महायज्ञमा भक्तजनको घुइँचो

तुलसीपुर, फागुन २५ । तुलसीपुरमा जारी ‘श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ’ २०७९ को दोस्रो दिन भक्तजनको घुइचो लागेको छ ।

नेपाल मानब धर्म सेवा समिति दाङले आयोजना गरेको महायज्ञमा भक्तजनको घुइचो लागेको हो ।

समितिले तुलसीपुर ६ रजौरा (कमलपोखरी) नजिक सुरु गरेको ‘श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ’ २०७९ को दोस्रो दिन भक्तजनको घुइचो लागेको हो ।

फागुन २४ गतेदेखि सुरु भएको महायज्ञ फागुन ३० गतेसम्म सञ्चालन हुने छ । महायज्ञमा जिल्लाका तुलसीपुरसहित घोराही, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाबाट समेत सहभागी भएका छन् ।

महायज्ञबाट संकलन भएको रकमले एउटा ब्यबस्थित आश्रम निर्माण गर्ने लक्ष्य राखिएको महायज्ञ मुल आयोजक समितिका संयोजक टोपबहादुर घर्ती मगरले जानकारी दिएका छन् ।

महायज्ञबाट ५० लाख बढी आर्थिक संकलन गरेर ब्यबस्थित आश्रम निर्माण गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष हेमराज भण्डारीले जानकारी दिए ।

तुलसीपुर ६ रजौरा (कमलपोखरी) नजिक २०७५ सालमा नेपाल मानब धर्म सेवा समितिले आश्रम सञ्चालन गरिरहेको छ ।

महायज्ञमा एक रुपैयादेखि पाँच सय रुपैया सहयोग गर्ने दाताले दान पेटिकामार्फत् रकम उपलब्ध गराउने ब्यबस्था गरिएको छ ।

त्यस्तै पाँच सय एक रुपैयादेखि एक हजारसम्म सहयोग उपलब्ध गराउने दातालाई नगदि रसिद, एक हजारदेखि पाँच हजारसम्म सहयोग उपलब्ध गराउने दातालाई नगदि रसिद तथा रुद्राक्षको मालासहित अबिर लगाएर सम्मान गर्ने मुल आयोजक समितिले निर्णय गरेको छ ।

यस्तै पाँच हजार एक रुपैयादेखि दश हजारसम्मलाई नगदि रसिद, रुद्राक्षको माला र प्रमाण पत्रले सम्मान गर्ने, एघार हजारदेखि २० हजारसम्मलाई प्रमाण पत्र, शिलालेखमा नाम लेखाउने, नगदि रसिद उपलब्ध गराउने, २० हजार एक रुपैयादेखि ३० हजारसम्मको सहयोग उपलब्ध गराउने दातालाई शिलालेखमा नाम, प्रमाण पत्र, नगदि रसिद दिएर सम्मान गर्ने, ३० हजार एक रुपैयादेखि ५० हजार सहयोग उपलब्ध गराउने दातालाई चादीको फ्रेम, शिलालेखमा नाम लेखाउने र नगदि रसिद उपलब्ध गराउने गरिएको छ ।

यस्तै ५० हजार एक रुपैयादेखि एक लाखसम्म सहयोग उपलब्ध गराउने दातालाई शिलालेखमा नाम, स्वर्ण फ्रेमको प्रमाण पत्र र अबिरमालासहित बजार परिक्रमा गराउने निर्णय भएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *