२०८३ बैशाख १९ गते शनिवार

ब्यबस्थित आश्रम निर्माणका लागि रजौरामा महायज्ञ सुरु

तुलसीपुर फागुन २४। ब्यबस्थित आश्रम निर्माणका लागि बुधबारदेखि तुलसीपुरमा ‘श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ’ २०७९ सुरु भएको छ ।

नेपाल मानब धर्म सेवा समिति दाङको आयोजनामा तुलसीपुर ६ रजौरामा ‘श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ’ २०७९ सुरु भएको हो ।

महायज्ञको तुलसीपुर निबासी युवा ब्यबसायी बीरबहादुर भण्डारी, कथा बाचक पण्डित त्रैलाक्य शरण वस्ती, महात्मा चादना बाइजी, महायज्ञ मुल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले सयुक्त रुपमा उद्घाटन गरेका हुन ।

फागुन ३० गतेसम्म सञ्चालन हुने महायज्ञबाट ५० लाख बढी आर्थिक संकलन गर्ने र ब्यबस्थित आश्रम निर्माण गर्ने लक्ष्य राखिएको छ ।

तुलसीपुर ६ रजौरामा २०७५ सालमा नेपाल मानब धर्म सेवा समितिले आश्रम सञ्चालन गरीरहेको छ । उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले मानब जाती जन्मेपछि मात्रै धर्म, जातमा विभाजित हुने भन्दै मानब सेवा पहिलो सर्त रहेको बताएका थिए ।

उद्घाटन कार्यक्रममा डिलाइट ग्रुपका सञ्चालक तथा कार्यक्रमका प्रमुख अतिथी बीरबहादुर भण्डारी, तुलसीपुर चेम्बर अफ कमर्शका महासचिब प्रेमप्रकाश गिरी, परिबर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपाने, जेष्ठ नागरिकको तर्फबाट ललितबहादुर वली, महात्मा चादना बाइजीले बोलेका थिए ।

त्यसअघि आश्रमबाट सुरु भएको कलस यात्राले तुलसीपुर बजार परिक्रमा गरेर पुनः आश्रमस्थलमा रहेको महायज्ञस्थल पुगेको थियो । कलश यात्रामा थारु, मगर, नेवारी भेषभुषा, विभिन्न टोल बिकास सस्था, बिद्यालय, आमा समुह तथा योग समितिको समेत सहभागीता रहेको थियो ।

पहिलो दिन तीन लाख रकम संकलन
यसैबीच पहिलो दिन तीन लाख बढी आर्थिक सहयोग प्राप्त भएको छ । पहिलो दिन तीन लाख २५ हजार तीन सय ३४ रुपैया आर्थिक संकलन भएको महायज्ञ मुल आयोजक समितिका संयोजक टोपबहादुर घर्ती मगरले जानकारी दिए ।

पहिलो दिन बबई ६ टिकुलीगैरा निबासी हाल तुलसीपुर ६ रजौरा निबासी बीरबहादुर भण्डारी र निर्मला केसी भण्डारीको परिवारले आफ्ना स्वर्गीय बुवा÷आमा तथा सासु÷ससुराको स्मृतिमा एक लाख एक हजार एक सय ११ रुपैया दान गरेका छन ।

भण्डारी परिवारले स्वर्गीय बुवा÷आमा तथा सासु÷ससुरा जितबहादुर भण्डारी र लक्ष्मीकुमारी भण्डारीको स्मृतिमा उक्त रकम प्रदान गरेका हुन ।

महायज्ञमा एक रुपैयादेखि पाँच सय रुपैया सहयोग गर्ने दाताले दान पेटिका मार्फत् रकम उपलब्ध गराउने ब्यबस्था गरिएको छ ।

यस्तै पाँच सय एक रुपैयादेखि एक हजारसम्म सहयोग उपलब्ध गराउने दातालाई नगदि रसिद, एक हजारदेखि पाँच हजारसम्म सहयोग उपलब्ध गराउने दातालाई नगदि रसिद तथा रुद्राक्षको मालासहित अबिर लगाएर सम्मान गर्ने मुल आयोजक समितिले निर्णय गरेको छ ।

यस्तै पाँच हजार एक रुपैयादेखि दश हजारसम्मलाई नगदि रसिद, रुद्राक्षको माला र प्रमाण पत्रले सम्मान गर्ने, एघार हजारदेखि २० हजारसम्मलाई प्रमाण पत्र, शिलालेखमा नाम लेखाउने, नगदि रसिद उपलब्ध गराउने, २० हजार एक रुपैयादेखि ३० हजारसम्मको सहयोग उपलब्ध गराउने दातालाई शिलालेखमा नाम, प्रमाण पत्र, नगदि रसिद दिएर सम्मान गर्ने, ३० हजार एक रुपैयादेखि ५० हजार सहयोग उपलब्ध गराउने दातालाई चादीको फ्रेम, शिलालेखमा नाम लेखाउने र नगदि रसिद र ५० हजार एक रुपैयादेखि एक लाखसम्म सहयोग उपलब्ध गराउने दातालाई शिलालेखमा नाम, स्वर्ण फ्रेमको प्रमाण पत्र र अबिरमालासहित बजार परिक्रमा गराउने निर्णय भएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *