तुलसीपुर,फागुन २४ । “लैगिक समानताको बलियो आधार: शृजनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार” ११३ औ अन्तर्राष्ट्रिय महिला दिबस देशैभर मनाइएको छ।
दिवसका अबसरमा तुलसीपुर उपमहानगरपालिकाले ७ जना श्रमिक महिलालाई पुरस्कृत गरेको छ ।
उपमहानगरपालिकाले घर निर्माण –मिस्त्री) काम गर्ने २ जना र ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने ५ जना महिलालाई नगद सहित प्रमाण पत्र बितरण गरेको हो ।
उपमहानगरपालिकाको आयोजना र १९ बढि बिभिन्न सहयोगी संघसंस्थाको समन्वयमा बुधबार घर बनाउने (मिस्त्री) तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ की शिला चौधरी र वडा नम्वर ७ कै लिला चौधरीलाई नगद सहित प्रमाण पत्र बितरण गरिएको हो ।
त्यस्तै,ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएकी तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ की शारदा अधिकारी,वडा नम्वर ६ की राधा बिक, वडा नम्वर ९ का सम्झान केसी, वडा नम्वर १३ की तुलसी हमाल खडका र वडा नम्वर १६ की बिना परियारलाई नगद सहित प्रमाण पत्र बितरण गरेको हो ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख टिकाराम खडकाले महिला सशक्तिकरणका लागि नगरपालिकाले बिभिन्न प्रकारका योजना बनाएको र बनाई रहेको बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सुशान्त मिश्र, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का पूर्ब अध्यक्ष नवराज लामिछाने,तुलसीपुर उद्योग बाणिज्य संघका सदस्य निर्मला भूषाल,अधिकारकर्मी सुष्मा गिरी र पदमा चौधरी,मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत,पत्रकार नारायणी रजौरे,जेष्ठ नागरिक समाजका खुमानन्द अधिकारी,अपाङ समाज सुधार केन्द्रका हुमाकान्त कँडेल,बृद्ध सेवा समितिका ललित बहादुर वली,सम्मानीत हुने लिला चौधरी,छात्रा सरीता बुढा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा बिषय प्रबेश महिला बालबालिका तथा सामाजिक बिकास शाखाका प्रमुख माया श्रेष्ठ र सहजिकरण पत्रकार उमा भण्डारीले गरेकी थिइन् ।