२०८३ बैशाख १९ गते शनिवार

सवारी पार्किङका लागि ट्राफिक प्रहरी प्रयासरत छ ः ट्राफिक प्रमुख प्रसाई

तुलसीपुर,फागुन २२ । लुम्बिनी प्रदेशका ट्राफिक प्रहरी प्रमुख कृष्ण प्रसाईले प्रदेशका प्रमुख शहरमा सवारी साधन पार्किङका लागि स्थानीय सरकारसंग समन्वय गरिरहेको बताएका छन ।

रिपोर्टस् क्लब नेपाल दाङ शाखाले सोमबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख प्रसाईले यस्तो बताएका हुन । ।

रिपोर्टस् क्लब नेपाल दाङ शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रसाईले तीब्र गति र मदिरा सेवन गरेर सवारीका साधन चलाउने कार्यले सडक दुर्घटनामा बृद्धि भएको बताए ।

उनले लुम्बिनी प्रदेशमा रुपन्देही, बाँके र दाङमा बढी सवारी दुर्घटना हुने जानकारी समेत दिए । ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लले अटोका कारण बढी सवारी दुर्घटना हुने गरेको बताए ।

स्थानीय सरकारले समेत सुचीकरण र ब्यबस्थापनमा ध्यान दिएको भए पनि सडकमा अटोका कारण बढी दुर्घटना हुने गरेको बताए ।

साक्षात्कार कार्यक्रमको सहजीकरण रिपोर्टस क्लबका महासचिब बिमल गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *