दाङ, फागुन २२ । रोल्पाबाट एक फरार प्रतिबादी पक्राउ परेका छन् ।
चोरी मुद्दामा ९ बर्ष २ महिना १५ दिन काराबास सजाय तोकिएका रोल्पाको रुन्टीगढी – ७ का ३५ बर्षीय कृष्ण रोका पक्राउ परेका छन् ।
चोरी मुद्दामा तत्कालिन पुरानाबेदन अदालत तुलसीपुर दाङले २०७६ साल जेठ ९ गते रोकालाई दोषी ठहर गर्दै उक्त कैद फैसला गरेको थियो ।
त्यसयता फरार रहँदै आएका रोकालाई इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मधुसुदन बिकको नेतृत्वमा गएको प्रहरी टोलीले फागुन १८ गते पक्राउ गरेको थियो ।
पक्राउ पछि रोकालाई जिल्ला अदालप पेश गरिएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन २२ गते सोमवार