दाङ, फागुन २२ । कतब्र्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय तोकिएका बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. १७ का ५९ बर्षीय भगवान दिन पासी पक्राउ परेका छन् ।
बाँके जिल्ला अदालतले २०७७ साल मंसिर २० गते पासीलाई कतब्र्य ज्यान मुद्दामा दोषी ठहर गर्दै दश बर्ष कैद फैसला सुनाएको थियो । त्यसयता फरार रहँदै आएका पासीलाई बिशेष सुचनाको आधारमा पक्राउ पछि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
अदालतको आदेशले पासीलाई सजाय भुक्तानका लागि जेल चलान गरिएको प्रहरीले बताएको छ ।
कतब्र्य ज्यान मुद्दामै अदालतबाट ७ बर्ष ६ महिना कैद तोकिएका नेपालगंज – १७ कै ७१ बर्षीय खेलवान पासीपनि पक्राउ परेका छन् । बाँके जिल्ला अदालतले २०६६ साल चैत ९ गते कतब्र्य ज्यान मुद्दामा दोषी ठहर गर्दै पासीलाई उक्त सजाय तोकेको थियो ।
पक्राउ पछि पासीलाई अदालतमा पेश गरिएको र अदालतको आदेशले सजाय भुक्तानका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।