२०८३ बैशाख १६ गते बुधवार

काभ्रे र अछाममा भूकम्प

काठमाण्डौ ,फागुन २१ । आइतबार बिहान देशका दुई स्थानमा भूकम्प गएको छ।

आज काभ्रे र अछाममा गरी दुई स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बिहान ८स्३५ मा अछाम केन्द्रविन्दु भएर ४।४ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि बिहान ८स्०३ मा काभ्रे केन्द्रविन्दु भएर ४।३ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पबाट मानवीय क्षति नभएको जनाइए पनि के कस्तो असर गर्यो भन्नेबारे थप विवरण आउन भने बाँकी रहेको छ।

चार दिनअघि पनि ताप्लेजुङलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *