२०८३ बैशाख १९ गते शनिवार

अख्तियारद्धारा विशेष अदालतमा मुद्धा दायर भएका सल्यानका १८ जनाले पाए सफाइ

सल्यान, फागुन १९ । सल्यान जिल्लामा रकम हिनामिना गरेको भन्दै विशेष अदालतमा मुद्धा दायर भएका १८ जनाले सफाई पाएका छन् ।

उनीहरुले रकम हिनामिना नगरेको अदालतको ठहरसंगै उनिहरुले सफाए पाएका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको बागचौर नगरपालिका–५ बाङ्गेलाँखुरी बजारमा विद्युतीकरणका क्रममा अनियमितता गरेको आरोपमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझी, प्रमुख जिल्ला इन्जिनियर जगदिश शर्मा, लेखा अधिकृत प्रकाश केसी, नायब सुब्बा जीवराज केसी, जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर कृष्ण पण्डित, सबइन्जिनियर प्रेम बहादुर बस्नेत लगायतले विशेष अदालत काठमाडौंवाट सफाई पाएका हुन ।

यस्तै सफाई पाउनेमा तत्कालिन बागचौर नगरपालिकाका प्रसाशकीय अधिकृत निर्मला मल्ल, लेखा अधिकृत तोरण प्रसाद घिमिरे, असिस्टेन्ड सब इन्जिनियर तोरण बहादुर बिष्ट, तत्कालित सबइन्जिनियर थमन योगी, बागचौर नगरपालिका ५ का वडा अध्यक्ष डिल्ली बहादुर वली, ग्रामिण विद्युक्तीकरण शिवरथ उपभोक्ता समितिका अध्यक्ष ईन्द्रबहादुर भण्डारी, सचिव विरेन्द्र प्रसाद वली, कोषाध्यक्ष त्रिपुरा वलीले सफाई पाएका हुन ।

विद्युत् लाइन तान्नका लागि सभासद कोषबाट दश लाख रुपैयाँ र साविक शिवरथ गाविसबाट पाँच लाख रुपैयाँ गरी १५ लाख रुपैयाँ प्राप्त भएको थियो ।

तर पाँच लाख रुपैयाँको पोल गाड्ने काम भएको र बाँकी रकम उनीहरूले हिनामिना गरेको अख्तियारले आरोप लगाएर विशेष अदालतमा २०७५ फागुनमा मुद्धा दर्ता गरेको थियो ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *