२०८३ बैशाख १७ गते बिहिवार

तीन वर्षीया छोरीको हत्या आरोपमा बावु पक्राउ

बागलुङ,फागुन १८ । बागलुङमा तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा बावु पक्राउ परेका छन्।

तीन वर्षीया बालिका अरिसा दिनको हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका–१२ अमलाचौर घर भई जैमिनी नगरपालिका–४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई प्रहरीले पक्राउ गरेको हो।

सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *