काठमाडौँ,फागुन ११ । चीनसँग सीमा जोडिएको ताजिकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार आज बिहीबार बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का चीनमा पनि महसुस भएको त्यहाँका स्थानीयलाई उदृत गर्दै रोयटर्सले जनाएको छ।
भूकम्पको केन्द्रविन्दु चीनसँगको निकटतम सिमानाबाट करिब ८२ किलोमिटर टाढा रहेको र सिनजियाङ क्षेत्रको पश्चिमी भागमा पर्ने काशगर र आर्टक्समा तीव्र रूपमा महसुस गरिएको थियो।
सीसीटीभीका अनुसार भूकम्पको केन्द्रको ५ किमी भित्रको औसत उचाइ ४,६५५ मिटर ९१५,३०० फिट० रहेको छ।
प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते बिहिवार