काठमाडौँ ,फागुन ८ । बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्।
थाईल्याण्डबाट नेपाल आउँदै गरेका रेग्मीलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको हो।
उनले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरूविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोप छ। उनीविरुद्ध गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएका थिए।
रेग्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको साइबर ब्यूरोले जनाएको छ।
प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार