तुलसीपुर,फागुन ७ । तुलसीपुर नगर जेसीजले ७३ औं प्रजातन्त्र दिबसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ।
तुलसीपुर नगर जेसीज बर्ष २०२३ का अध्यक्ष शालिकराम वलिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले फागुन ७ गते जनताको हर्ष उल्लासको दिन भएको भन्दै १०४ बर्ष लामो जहानिया राणा सासन अन्त्य गरी जनताको संघर्षबाट प्रजातन्त्र प्राप्त गरेको बताए ।
उनीहरुले प्रजातन्त्रमा जनताले निर्बाद रुपमा गरिखाने बातावरण बन्नुपर्ने ,गरिव निमुखा जनताको आवाज सहजै सुनियोस्,नेपालीको एकमात्र पहिचान अनि राष्ट्रियताको डोरी भित्र समान प्रजातन्त्रको महशुस हुन पाउनु पर्छ भन्ने कुरामा जोड दिएका थिए ।
नगर प्रबक्ता एबम् कार्यक्रम संयोजक जेसी बुद्धि सापकोटाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा जेसीज आस्थापाठ बोर्ड सल्लाहकार माधब प्रसाद न्यौपानेले गेका थिए ।
कार्यक्रममा निबर्तमान अध्यक्ष केशबराज केसीले सुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रमको सहजिकरण तुलसीपुर नगर जेसीजका सह -सचिव जेसी टेकेन्द्र डागीले गरेका थिए।
त्यस अबसरमा तुलसीपुर नगर जेसीजका पुर्ब अध्यक्ष जेसी मोहन सुनार,गोरखा स्कुलका माबिका सयोजक बामदेब सापकोटा ,पुर्ण बिक्रम डागी लगाएतको उपस्थिती रहेको थियो।