तुलसीपुर,फागुन ७ । तुलसीपुर ६ मा रहेको डिभाईन टेम्पल एकेडमी १४औ वार्षिकोत्सब विभिन्न कार्यक्रमहरु गरि सम्पन्न गरेको छ। एक सातादेखि आफ्ना क्रियाकलापहरु खेलकुद, बिज्ञान प्रदर्शनी, सांस्कृतिक कार्यहरू गरेर आफ्नो वार्षिकोत्सब मनाएको हो।
उक्त कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य प्रचण्ड बिक्रम न्यौपानेले देशको साक्षरता प्रतिशत वृद्धिमा निजि विद्यालयहरुले सकारात्मक प्रभाव पारेको र शैक्षिक गुणस्तर कायम गरेको बताए ।
उनले तुलसीपुर क्षेत्रमा डिभाईन टेम्पल एकेडमीले उत्कृष्ट शिक्षा प्रदान गरेको आफुले बुझेको भन्दै विद्यार्थीहरुको शैक्षिक गतिविधि देखेर आफू प्रसन्न भएको तर्क गरे ।
उनले भने,अब यस क्षेत्रका अभिभावकहरु उत्कृष्ट शिक्षा खोज्न टाढा कतै जानू पर्दैन, डिभाईन टेम्पल एकेडमी गए पुग्छू ।
त्यस्तै बिशिष्ट अतिथि सुबोध कुमार डाँगीले डिभाईन टेम्पल एकेडमीले एक इतिहास रचेको आफुले सुखद अनुभवी गरेको बताए ।
उनले एउटा विद्यार्थी उत्कृष्ट बन्न अभिभावकको पनि उत्तिकै जिम्मेवारी हुने कुरा व्यक्त गर्दै विद्यालय, शिक्षक र अभिभावकको सामुहीक प्रयासबाट विद्यार्थीको सुन्दर भविष्य कोर्न सफल हुने बताए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारीले डिभाइन टेम्पलमा अध्ययन गरेर बाहिर गएका विद्यार्थीहरुको मूल्याकंनबाट पनि यस विद्यालय राम्रो गरेको प्रमाणीत भएको आफुले बुझेको बताउदै स्थानीय सरकारले पनि नीजि र सामुदायिक दुबै विद्यालयलाई समान रूपमा हेरेको बताए ।
कार्यक्रमलाई नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिस्ठानका बरिष्ठ बैज्ञानिक अधिकृत डा.टिस्टा प्रसाईले विद्यार्थीहरुले राखेको बिज्ञान प्रदर्शनीले आफू उत्साहित भएको र आगामी दिनमा विद्यालयले देशलाई आवश्यक पर्ने बैज्ञानिक जनशक्ति उत्पादन गर्ने कुरामा आफू बिश्वस्त भएको बताए ।
नेसनल प्याब्सन केन्द्रिय सदस्य प्रकाश शर्माले डिभाईन टेम्पल एकेडमीले विद्यार्थीलाई समयसापेक्ष शिक्षा दिदै अगाडी बढेकोमा बधाई र उत्तरोत्तर प्रगतिको कामना ग रे ।
त्यस अवसरमा विद्यार्थीहरुले बिज्ञान प्रदर्शनी, नाटक मन्चन तथा विविध सास्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए।
१४औ वार्षिकोत्सब कार्यक्रममा विद्यालयले डा. टिस्टा प्रसाईलाई बैज्ञानिक खोज अनुसन्धान कार्य गरेकोमा सम्मान गरेको थियो।
त्यस्तै शिक्षक राजेश चौधरीलाई बर्ष उत्कृष्ट शिक्षक, कक्षा १२ का छात्र शर्वण लामिछानेलाई उत्कृष्ट छात्र र छात्रा सुमि चौधरीलाई उत्कृष्ट छात्राको रूपमा सम्मान गरेको थियो।
त्यस अवसरमा छात्र समीर लामिछानेले र छात्रा सुप्रीया गौतमले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा राष्ट्रिय कलाकार एवम् गायक प्रकाश रेग्मीले आफ्ना गितहरु गाएर विद्यार्थी,अभिभावक र अतिथिहलाई मनोरञ्जन दिएका थिए ।
डिभाईन एजुकेशन फाउन्डेसनद्वारा संचालित डिभाईन टेम्पल एकेडमीको १४औ वार्षिकोत्सब कार्यक्रमको अध्यक्षता फाउन्डेसनका सस्थापक निर्देशन भोजराज न्यौपानेले र कार्यक्रम सहजीकरण प्रीन्सिपल कुलानन्द अधिकारीले गरेका थिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार सुशील बस्नेत, नेशनल प्याब्सन लुम्बिनी प्रदेश सह कोषाध्यक्ष नरेश आचार्य, सदस्य केपि न्यौपाने, नेसनल प्याब्सन दाङ जिल्ला अध्यक्ष बिमल गौतम, रिपोर्ट्स क्लब दाङ अध्यक्ष शरद रेग्मी, लायन्स क्लबका सिनियर लिडर बिनोद श्रेष्ठ, नेसनल प्याब्सनका सचिव ठाकुर प्रसाद डाँगी, कोषाध्यक्ष हरिप्रसाद भण्डारी, नेशनल प्याब्सन तुलसीपुर नगर अध्यक्ष सालिकराम कार्की, उपाध्यक्ष लोकेन्द्र बहादुर खड्का, भागवत घिमिरे, देवराज गौतम, रोमहर्ष शर्मा, भुवन वलि, कुलदिप गौतम, राप्ती बबई क्याम्पसका सहायक प्रमुख टेकन कंडेल, लिटिल हेवन स्कुलका प्रीन्सिपल कमल सापकोटा, ज्ञानज्योती आधारभुत विद्यालयका प्र अ मेघराज घिमिरे लगाएत अभिभावकहरुको उपस्थिती रहेको थियो।
