पार्वती बस्नेत,घोराही, फागुन ७ । बह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय एंव राजयोज प्रशिक्षण केन्द्र घोराही शाखाले ८७ औ महाशिबरात्री महोत्सव एंव लागुपर्दाथ दुब्र्यसन बिरुद्धको सचेतना अभियान कार्यक्रम गरेको छ ।
ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय एंव राजयोज प्रशिक्षण केन्द्रका क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्मकुमारी गीता दिदीको अध्यक्षता तथा संघीय संसदका माननीय नारायणी शर्माको प्रमुख आतिथ्यता तथा प्रदेश सरकारका पूर्व राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले मानवताभन्दा ठुलो अन्य कुनैपनि कुरा नभएको भन्दै लागुपर्दाथ दुब्र्यसनी बिरुद्धको अभियानलाई सफल बनाउन सवै लाग्नुपर्ने बताएकी थिइन ।
उनले लागुऔषध नियन्त्रणका लागि आफ्ना बालबालिकाहरुलाई अभिभावकले ध्यान दिनुपर्ने भन्दै ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय एंव राजयोज प्रशिक्षण केन्द्रले थालेको अभियानमा सवै जोडिएर सफल बनाउनुपर्ने बताएकी हुन ।
कार्यक्रममा लुम्विनी प्रदेशका पूर्व सिचाई राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले धर्मको नाममा लागऔषध दुव्यर्सनी सेवन गर्न नहुने बताए ।
त्यसको ज्ञान नयाँ पुस्तालाई आवश्यक रहेको भन्दै सवै मिलेर लागुऔषध विरुद्धको अभियानमा लाग्नुपर्ने बताए । उनले समुदायलाई अनुशासन, सकारात्मक र मनको शान्तिका लागी गर्दै आएको कामको प्रशंसा गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले सकारात्मक सोच र मनको शान्तिले नै मान्छेलाई सहि बाटोमा लैजाने र सफलता प्राप्त हुने हुदा ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय एंव राजयोज प्रशिक्षण केन्द्रले गर्दै शिवरात्रीको अवसर पारेर थालेको अभियानले समुदायमा लागुऔषध विरुद्ध चेतना फैलाउन महत्वपूर्ण हुने बताएका थिए ।
घोराही शाखा सेवा संचालिका ब्रह्मकुमारी अन्जना दिदीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बिश्व हिन्दु महासंघका संस्थापक अध्यक्ष डा.भोलानाथ योगी, सहप्रध्यापक तथा पतन्जली योग समितिका प्रेम शाह, खानेपानि तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख भोलाप्रसाद थापा, नागरिक समाजका सचिव नारायण श्रेष्ठ, सिस्नुपानीका अध्यक्ष डा।लोकराज पराजुलीलगायतले बोलेका थिए ।
कार्यक्रममा शिवरात्रीको आध्यात्मिक रहस्य र यस्को महत्व बारे राजयोग प्रशिक्षक शिबलाल महतराले जानकारी गराएका थिए ।
साथै लागुपर्दाथ दुब्र्यसन बिरुद्धको सचेतना अभियान कार्यक्रम ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय एंव राजयोज प्रशिक्षण केन्द्रले दागं जिल्लाको राजपुर गाँउपालिका, लमही नगरपालिका, घोराही उपमहानगरपालिका लगायतको स्थानमा सम्पन्न गरेको थियो ।
कार्यक्रमको सहजीकरण ब्रह्मकुमारिज मधुवन आध्यामिक पुर्नजागरण केन्द्र घोराहीका प्रबक्ता ब्रह्मकुमार माधव तिमिल्सेनाले गरेका थिए ।