दाङ,फागुन ६ । लुम्बिनी प्रदेशका संस्कृती, पर्यटन तथा उद्योग मन्त्री जानकी प्रसाद यादवले लुम्बिनी प्रदेश पर्यटनका हिसावमा देशकै नमूना प्रदेश बन्ने बताएका छन् ।
अवको देशको बिकास पर्यटन र कृषीको विकासले मात्रै सम्भव रहेको भन्दै मन्त्री यादवले त्यसको विकास गर्ने त्यसका माध्यमबाट आम नागरिकको जिवन स्तर सुधार गर्ने बताएका छन् ।
दाङको घोराही ९ तेघरमा जेष्ठ नागरिक दिवा सेवाकेन्द्र निमार्णका लागि सञ्चालीत महायज्ञको उद्घाटन गर्दै मन्त्री यादवले सनातन धर्म संस्कृतीको विकास गरेर नागरिकलाई ज्ञान चेतनाले भरिपुर्ण बनाउने बताए ।
महाशिवरात्रीको अवसर पारेर शिव पाञ्चायन मन्दिर घोराही ९ तेघराले आयोजना गरेको ज्ञान सप्ताह महायज्ञको कथा वाचक गोविन्द शरण महाराज रहेका छन ।
मन्दिर व्यवस्थापन समितीका अध्यक्ष बालाराम पौडेलको सभापतित्वमा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमूख हुमा डिसी, नरदेवि मावि तेघराका प्रधानाध्यापक कमल खड्का, एमाले नेतृ तुलसा वली, झग्गुप्रसाद गौतम, भोजराज वली, ऋषीराज पौडेल लगाएतले ज्ञान सप्ताह महायज्ञको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।