२०८३ बैशाख १७ गते बिहिवार

लहरौलामा ग्यास सिलिण्डर पड्किदा दुई जना घाइते

तुलसीपुर, फागुन ४ । दाङको तुलसीपुरमा खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका – १६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा बिहीबार बिहान ११ ः४० बजेतिर खाना पकाउने क्रममा ग्यास लिक भइ पड्किदा स्थानीय स्थानीय ५० वर्षीया कुसुम केसी र चितवन जिल्लाको भरतपुर महानगरपालिकाका २९ वर्षीय आशिष खनाल घाइते भएका छन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले गम्भीर अवस्थाकी केसीलार्य तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँके रिफर गरिएको जानकारी दिए ।

खनाल गृह जिल्ला चितवन तर्फ लागेको प्रहरीले बताएको छ । कृषि बीउ उत्पादन कम्पनीका कर्मचारी खनालको हात खुट्टामा पोलेको र अवस्था सामान्ने रहेको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक प्रबक्ता पर्वत केसीले जानकारी दिए ।

‘ खनाल आफ्नै जिल्लामा गएर उपचार गराउँछु भनेर चितवन तर्फ लाग्नु भएको छ,’ प्रहरी प्रबक्ता केसीले भने ‘ केसीको हात खुट्टा पोलेको छ ।’ अर्की घाइते कुसुमको भने कम्मर मुनिको अधिकाँस भाग जलेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *