२०८३ बैशाख १९ गते शनिवार

बाँकेबाट पक्राउ परे साढे ५ लाख बढी नेपाली नक्कली नोटसहित ३ जना

दाङ, फागुन ३ । बाँके प्रहरीले नक्कली एक हजारको नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नं. २ न्यूरोडबाट मंगलबार बेलुका साढे पाँच बजे तीन युवालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद घर्तीका अनुसार पाँच लाख ६९ हजार नक्कली एक हजार दरका नोटसहित तीन युवालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ का ३३ बर्षीय मोहन कुमाई, अछामको तुर्माखाँद गाउँपालिका वडा नं. ३ का ३६ बर्षीय दीपक बिसी र सल्यानको बनगाँड कुपेन्डे नगरपालिका वडा नं. ३० का मोहन राना रहेका छन् ।

गोप्य सूचनाका आधारमा आशंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथ बाट साढे ५ लाख बढी नेपाली एक हजारको नक्कली नोटहरु बरामद भएको प्रबक्ता घर्तीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *