रोल्पा,फागुन २ । रोल्पामा आफ्नै बुवाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा माडी गाउँपालिका-५ का ३७ वर्षीय नरबहादुर बुढा रहेका छन्। उनलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो।
नरबहादुरको कुटपिटबाट ६९ वर्षीय प्रथमन बुढाको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरी चौङभावाङ र इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले नरबहादुरलाई पक्राउ गरिएको हो।
पक्राउ परेका नरबहादुरई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जनाएको छ।
प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार