दाङ,फागुन १ । जिल्ला प्रहरी कार्यालय दाङले अटाे चालकलाई कुटपिट गरि गम्भिर घाइते बनाएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
घोराही ५ दलजितपुर धर्नाका बलबहादुर सार्कीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा घोराही ७ सौडियारका बद्रि कुवर, सोही ठाउ निबासी खेमराज भण्डारी र भुबन केसिलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मध्य बद्रि यसअघि लुटपाटमा रोल्पामा कारागार सजाय भोगेर छुटेका हुन । कुटपिटबाट अटाे चालक सार्कीको आँखा, टाउकोमा गहिरो चोट लागेको छ ।
नैनवारमा बिबाद हुँदा आफु त्यहाबाट भागेर बचेको र पछि मोटरसाईकलबाट पिछा गरेर ढुङ्गा प्रहार गरेर घाइते बनाएको पिडित सार्कीको भनाई छ ।
कुटपिटमा सलग्नलाई कारबाही गर्न उनले माग गरेका छन ।
प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार