२०८३ बैशाख १७ गते बिहिवार

महाबु गाउँपालिकाका अध्यक्ष गुरुङको निधन

सिमकोट ,माघ २७ । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ। शुक्रबार बिहान उपचारका लागि दैलेख अस्पताल लैजाँदै गर्दा उनको निधन भएको हो।

बिहीबार मुटुमा दुखाइ भएपछि अध्यक्ष गुरुङलाई जिल्ला सदरमुकाममा रहेको मेडिकलमा लगिएको थियो। मेडिकलबाट समस्या नभएको भनेपछि बिहीबार राति नै फिर्ता लगिएको थियो।

शुक्रबार बिहान फेरि मुटु दुखेपछि गुरूङलाई सरकारी गाडीमै सदरमुकाम ल्याइएको थियो। उनलाई अस्पताल पुग्नै लाग्दा हृदयघात भएको परिवारका सदस्यले जनाएका छन्।

दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार बिहान ११ः३६ मिनेटमा अस्पतालमा उनलाई मृत घोषित गरेको हो। २०७९ को स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

७९ वर्षीय गुरूङ कर्णाली प्रदेशका पालिका प्रमुखमध्ये जेष्ठ सदस्य रहेका थिए।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *