दाङ,माघ २७ । जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जबाट खटिएको टोलीले बिहीवार नेपालगन्ज वडा नं.१ वाटरपार्कबाट तीन जनालाई पक्राउ गरेको जनाएको छ।
ब्राउन सुगरसहित पक्राउ पर्नेमा सानोभेरी १० रुकुम पश्चिमका २८ बर्षीय तिलक डाँगी, ३५ बर्षीय बिनोद कुमार गौतम र सोही स्थानकै ३३ बर्षीय सोनिराम केसी रहेका छन् ।
चेकजाँचका क्रममा डाँगीले लगाएको ज्याकेटबाट ५० ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
पक्राउ परेका उनीहरुलाई लागूऔषध कसुरमा मुद्दा चलाई थप अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार