जुम्ला,माघ १९ । रवि लामिछानेलाई न्याय दिन माग गर्दै जुम्लामा एक जनाले आत्मदाहको प्रयास गरेका छन्।
४० वर्षीय गोकर्ण कार्कीले रविलाई न्याय चाहियो भन्दै आफैलाई आगो लगाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।
प्रहरीका अनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत छन्।
उनलाई प्रहरीले उद्धार गरेको छ।
प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार
