तुलसीपुर, माघ १७ । तुलसीपुर नगर जेसिजले सहिदहरुको सम्झनामा दीप प्रज्ज्वलन कार्यक्रम गरेको छ ।
तुलसीपुर ५ स्थित जेसिज चोकमा दीप प्रज्ज्वलन गरेर दिवस मनाएको हो ।
तुलसीपुर नगर जेसिज वर्ष २०२३ का अध्यक्ष शालिकराम वलिको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिबक्ता डिल्लीराज धिताल,पुर्व अध्यक्ष झरेन्द्र खरेल,बिमल पौडेल,मोहन सुनार,मेघराज घिमिरे,दिपेश भण्डारी,केशवराज केसी लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा पुर्ण बिक्रम डाँगीले आस्थापाठ बाचन गरेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव सन्दीप भुसालले गरेको दिप प्रज्ज्वलन कार्यक्रमका संयोजक भिमसेन थापाले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ माघ १७ गते मङ्गलवार