नवलपरासी,माघ १५ । उद्योगपति एवं नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासका लागि १५ वटा महत्त्वपूर्ण योजना तयार गरेका छन ।
प्रतिनिधि सभा निर्वाचनका क्रममा क्षेत्रको समग्र विकासबारे जनतामा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको सम्भाव्यता अध्ययन योजनाहरू तयार गरेका हुन ।
सो क्षेत्रमा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिकाअन्तर्गतका चार वडा गरी कुल ३४ वटा वडा पर्छन्। पहिलो चरणमा निर्वाचन क्षेत्र नम्बर १ को बृहत्तर विकासका लागि महत्त्वपूर्ण योजनाहरू छनोट गरिएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) को विकासका लागि तय भएका प्राथमिक योजनामा चक्रपथ ९स्याटलाइट नगर०, केरा खेती प्रवद्र्धन, पशुपालन, सीप विकास केन्द्र, कृषि बजार केन्द्र र बुद्ध सर्किट छन्।
त्यस्तै सीमावर्ती पर्यटन प्रवद्र्धन, मत्स्यपालन, गण्डक नहर सफाइ अभियान, उच्च शिक्षा केन्द्र, प्रकृतिमैत्री पर्वतीय पर्यटन, औद्योगिकीकरण, एकीकृत विशेष सेवा अस्पताल निर्माण, खेलकुद विकास ९स्टेडियम निर्माण० र सरसफाइ तथा हरियाली प्रवद्र्धन छन्।
ती आयोजनामा सङ्घ र प्रदेश सरकारमार्फत बजेट सुनिश्चित गराई कार्यान्वयन गरिने सांसद चौधरीको भनाइ छ ।