२०८३ भाद्र ११ गते बिहिवार

भोलिदेखि नेपालमा पानी पर्ने सम्भावना

काठमाडौं, माघ ४ । भोलि बिहीबारबाट सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत पहाडी भू-भागमा बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मौसम बदली भएको छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो।

आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु-भागमा हुस्सु/कुहिरो लागेको छ र बांकी भू-भाग सामान्यतया सफा छ ।

महाशाखाका अनुसार आज कर्णाली प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही ठाउँमा दिउँसो र राति हिमपात हुने सम्भावना छ ।

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *