२०८३ असोज २८ गते बुधवार

तुलसीपुर ईसाई समुदायद्धारा रक्तदान

तुलसीपुर,पुस १८ । तुलसीपुर ईसाई समुदायले ख्रीष्टमस तथा नया बर्ष २०२३ को अबसर पारेर तुलसीपुरमा रक्तदान कार्यक्रम गरेको छ ।

समुदायले सामाजिक उत्तरदायित्व बहन गर्न भन्दै सामाजिक सेवाका बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

तुलसीपुर ईसाई समुदायका अध्यक्ष बिक्रम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा १५ जना बढिले रक्तदान गरेका थिए ।

कार्यक्रममा रेडक्रस सोसाइटी तुलसीपुरका अध्यक्ष कुशल तर्ताल,रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी,रक्त सञ्चार सेवा केन्द्रका प्रमुख नरेश चौधरी,जिएल नेपाल ,पावल सुनार,गंगाराम डाँगी,मनोज बस्नेत,सालिकराम साहु लगाएतकाले बोलेका थिए ।

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *