तुलसीपुर,पुस १४ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित माबि कालाखोलामा ‘सुनाखरी तुलसीपुर सिकाई मेला’ २०७९ भएको छ ।
तुलसीपुर उपमहानगरपालिका भित्रका बिभिन्न ८ वटा बिद्यालय र तुलसीपुर उपमहानगरपालिकाको कार्यालयको संयुक्त आयोजना तथा टिचफर नेपालको प्राविधिक सहयोगमा एकदिने सुनाखरी तुलसीपुर सिकाई मेला मावी कालाखोलामा भएको हो ।
‘प्रर्दशनी र अन्तरक्रियामा आधारित शिक्षा,समूह कार्य र अनुभव आदानप्रदान सबैको इच्छा’ भन्ने मुल नाराका सुरु भएको सिकाई मेलाको उद्धघाटन शिक्षाबिद् डा. विद्यानाथ कोइरालाले गरेका हुन । सिकाई मेला आज दिनभर जारी रहने छ ।
हेर्नुहोस तस्विरहरु ः


प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार
