२०८३ असोज २९ गते बिहिवार

घोराहीमा बैंक व्याजको बिरोधमा लुम्बिनीका ब्यापारीको प्रर्दशन

घोराही, पुस १३ । घोराहीमा राष्ट्र बैंकले बढाएको बैंक व्याजदरको विरोधमा बुधबार प्रर्दशन भएको छ । प्रदर्शन पूर्व उनीहरुले कालो पट्टी बाँधेर बजारमा बिरोध ¥याली निकालेका थिए ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारी भेला भएर गरिएको पर्दशनको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशले गरेको थियो ।
ब्यबसायीले बिरोध प्रदर्शन पछि जिल्ला प्रशासन कार्यालय दाङ मार्फत राष्ट्र बैक, नेपाल सरकार, अर्थ मन्त्रालयमा तत्काल माग स्बोधन गर्न भन्दै ज्ञापनपत्र बुझाएको तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव विनिल केसीले बताए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजन भएको बिरोध पर्दशनमा चेम्वर अफ कर्मश, वस्तुगत समिति र विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको लुम्बिनि प्रदेशका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए ।

बिरोध पर्दशन पछि सम्बोधन गर्दै नेपाल उधोग बाणिज्य महासङघका पूर्ब अध्यक्ष चण्डिराज ढकालले राष्ट्र बैंकको ज्यादतिका बिरुद्दमा आँफुहरु चुप लागेर नबस्ने चेतावनी दिए । बैकहरुले छापामार सैलीमा रुपमा ब्यबसायिहरुलाई धम्कि दिने कार्य तत्काल बन्द गर्न उनले आग्रह गरे । अन्यथा देशभरका सबै ब्यबसायी आन्दोलनमा उत्रने उनले बताए ।

महासङघका पूर्ब उपाध्यक्ष उमेशलाल प्रधानले यो बीचमा देशमा बैकहरुको चर्कौ ब्याजदरको भार थेग्न नसकेर ६ जना ब्यबसायीहरुले देह त्याग गरेको बताए ।
उनले ब्याजदर नघटाएमा सातै प्रदेशका अध्यक्षहरुको सहकार्यमा देशैभरि एकै पटक एउटै समयमा बिरोध प्रदर्शन गर्ने तयारी गरिएको जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले ब्यबसायीहरु सावा र ब्याज तिर्न तयार भएको अबस्थामा बंैकहरुले मानसिक तनाब दिन नमिल्ने तर्क गरेका थिए ।
उनले बैंकहरुले आफुहरुको उधोगमा तालाबन्दी गरे ब्यबसायीहरुले पनि बैंकहरुमा ताला बन्दी गरिदिने चेतावनी दिए्का थिए ।

 

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *