२०८३ असार २८ गते आइतवार

डुडुवाको ठूलो सडक निमार्ण शुरु

    बाँके, पुस १३ । बाँकेको डुडुवा गाउँपालिकाले आफ्नो पालिका भित्र सबै भन्दा ठूलो सडक योजना निर्माणको कार्य सुरु गरेको छ ।

गाउँपालिकाको अति विकट क्षेत्र मानिने रामनगर पाँझा पिपिसी सडक निमार्णको कार्य शुरु गरेको हो ।

निर्माण कार्य पुरा भए वडा नं. २ अन्र्तगत डुडुवा नालापारी रामनगर, पाँझा, चौफेरी, कृषि चौफेरी, वोर्डर चौफेरी, छिटाईपुर्वाका करिब साढे तीनसय बढी घरधुरी र नरैनापुर गाउँपालिका केही गाउँका मानिस लाभान्बित हुने छन् ।

वर्षाको समयमा बाढी र डुबानका बेला कच्ची सडकका कारण स्थानीयले सास्ति खेप्दै आएका थिए ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सडकको शिलान्यास गर्दै स्थानीयलाई सडक निमार्णपछि ठुलो राहत पुग्ने विश्वास व्यक्त गरे ।
साढे तीन किलोमिटर पिसिसी सडकसंगै एउटा कच्वे, १५ वटा कल्भर्ट निमार्णको कार्य शुरु भएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्र कुमार बर्माले बताए ।
नारायाणम निमार्ण सेवा प्रालिले ६ करोड ९ लाख २२ हजार ६ सय २७ रुपैयाको लागतमा सो सडक निमार्ण गर्नेछ ।

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *