बिजौरी,साउन २१ । तुलसीपुर उपमहानगरपालिका वडा न.१८ बिजौरीमा पुँजीबजार लगानी कर्ताहरुको भेला सम्पन्न भएको छ ।
शनिवार सम्पन्न उक्त भेलाले पुँजीबजार लगानीकर्ता सघं गठन गरेको छ ।
भेलाले केदार रजौरेको अध्यक्षतामा १५ सदस्यीय तर्दथ समिती गठन गरेको छ । जसको उपाध्यक्षमा दामोदर न्यौपाने, सचिबमा सुबोध रेग्मी, सह–सचिबमा माधब रावत,कोषाध्यक्षमा सन्तोष खत्री तथा तालिम निर्देशकमा प्रधुम्न पोख्रेल रहेका छन ।
उक्त समितिले पुँजीबजार सम्बधी विभिन्न जानकारी मुलक, सचेतनात्मक कार्यक्रम आयोजना गर्ने र साप्ताहिक रुपमा समितिको बैठक बस्ने निर्णय गरेको जनाएको छ ।
प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार