दाङ,साउन १७ । दाङको घोराहीमा बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ ।
घोराही उपमहानगरपालिका–१५ मा आज बिहान अन्दाजी ५०र५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृतक पुरुषको नाम र ठेगाना खुलेको छैन । शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार
