नारायणपुर,साउन १५ । दाङका एक युवाले जन्मदिनको अवसरमा मानव सेवा घरलाई सहयोग गरेका छन ।
तुलसीपुर उपमहानगरपालिका दुधेना घर भई हाल अष्ट्रेलिया निवासी करण भण्डारीले आफ्नो जन्ददिनको अवसरमा मानव कल्याण समाजद्वारा सञ्चालित मानव सेवा घरलाई सहयोग गरेका हुन ।
भण्डारीले जन्मदिनको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सेवा घरलाई आवश्यक १० वटा कुर्सी र १० लिटर खाने तेल सहयोग गरेका हुन ।
सहयोग सामाग्री उनका दाई नारायण बस्नेतले सेवा घरमा पुगेर हस्तान्तरण गरेका हुन ।
घोराही उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दिपक पाण्डेको उपस्थितिमा सहयोग सामाग्री सेवा घरलाई हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार
