२०८३ असोज ६ गते मङ्गलवार

दाङमा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु

दाङ,साउन १४ । दाङ देउखुरीको गढवामा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।

न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले किच्दा त्यही स्कुलमा पढ्ने गढवा गाउँपालिका वडा नम्बर–७ मानपुर उत्तर टोलकी पूजा थापाको मृतयु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हिजो स्कुल सकेर घर जानेबेला स्कुल बसबाट ओर्लेकी बालिकालाई बसको पछाडिको टायरले किचेको थियो ।

गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुलको बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *