दाङ, साउन ४ । रोल्पामा माओबादी कार्यकर्ताले घर बिदामा गएका एक प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् ।
त्रिवेणी गाउँपालिका वडा नं. ७ अँधेरीखोलामा मंगलवार बेलुका ७ बजेतिर सोही वडा निवासी प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले कुटपिट गरी घाइते तुल्याएका छन् ।
घर विदामा जाँदै गरेका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओबादी कार्यकर्ता खिम बिक्रम केसीको समुहले कुटपटि गरेको थियो । जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले बाँठाको निधारमा चार वटा टाँका लगाइएको जानकारी दिए ।
टाउको तथा शरिरका बिभिन्न भागहरुमा चोट पटक लागेको डिएसपी घिमिरेले बताए । केसी गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजित भएका थिए । उनी लुम्बिनीका मुख्य मन्त्री कुलप्रशाद केसी ९सोनाम० निकट मानिन्छन् ।
हवल्दार बाँठा प्यूठानबाट सुनवल स्थित दंगामा सरूवा भएका थिए । बाँठा रमना लिएर विदामा घर जाँदै गर्दा बाटोमा बसिरहेका माओबादीका कर्याकर्तासंग भेट भएको र त्यही क्रममा उनीमाथि कुटपिट तथा आक्रण्मा भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार बाँठाले हरुवा माओबादीहरु बाटोमा किन बसिरहेका हो रु भनेर सोधेपछि उनीहरु आक्रोसित भएर कुटपिट गरेको खुल्न आएको डिएसपी घिमिरेले बताए ।
कुटपिट तथा आक्रमण गर्ने सबैले मदिरा सवेन गरेको कुरा खुल्न आएको डिएसपी घिमिरेले जानकारी दिए । तर, डिएसपी बाँठाले भने मदिरा सेवन गरेको नदिएको प्रहरीले बताएको छ ।
पीडित हल्वदार बाँठाले जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगेर ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गर्न खोजेका छन ।