२०८३ असोज ५ गते सोमवार

अर्घाखाँचीमा छोराको लाठी प्रहारबाट आमाको मृत्यु

अर्घाखाँची,साउन १ । अर्घाखाँचीमा छोराको लाठी प्रहारबाट घाइते भएकी आमाको मृत्यु भएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४का २६ वर्षिय हेमन्त कार्कीले असार ६ गते आफ्नै आमा ५२ वर्षिय कमला कार्कीलाई घरासी विवाद हुँदा लाठी प्रहार गर्दा नाकको बिच भागमा गम्भीर चोट लागेको थियो ।

गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा गएराति काठमाण्डौंको टिचिङ अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होम रेग्मीले जानकारी दिए ।

पटक पटक बुटवलमा उपचार गर्न लगेपनि ब्लड नरोकिएपछि थप उपचारको लागि केहि दिन अगाडि काठमाण्डौं लगिएको थियो । हेमन्तलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको छ ।

आजै अदालतमा पेश गरि म्याद थपगरि अनुसन्धान गरिने प्रहरी निरिक्षक रेग्मीले भनाइ छ ।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *