२०८३ कार्तिक २६ गते बुधवार

तुलसीपुर होटेल व्यवसायी समितिको आठौं साधारण सभा

तुलसीपुर,असार ३२ । तुलसीपुर होटेल व्यवसायी समितिको आठौं साधारण सभा एवं पाचौं अधिवेशन भएको छ । शनिवार एक कार्यक्रमका बिच आठौं साधारण सभा एवं पाचौं अधिवेशन सम्पन्न भएको हो ।

तुलसीपुर होटेल व्यवसायी समितिका अध्यक्ष टेकराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले तुलसीपुरमा गुणस्तरीय र राम्रा होटेलहरु नहुँदा यहाँ आउने पर्यटकहरु अनेत्र जानुपर्ने बाध्यता रहेको भन्दै पर्यटकहरुलाई तुलसीपुरमै बास बस्ने गरि होटेल व्यवसायहरु सञ्चालन गर्नुपर्ने बताए ।

उनले तुलसीपुरमा रहेका पर्यटकीय क्षेत्रहरुको विकास भए मात्र व्यवसायलाई अब्बल बनाउन सकिनेमा जोड दिए ।

‘तुलसीपुरमा भित्रने पर्यटकहरुको मागलाई सम्बोधन गर्दै पर्यटनको विकासलाई जोडेर लैजान सक्नुपर्छ,‘नगरप्रमुख खड्काले भने,तब मात्र होटेल व्यवसायीहरु आत्मनिर्भर बन्न सक्छन ।’

उनले व्यवसायीहरु आर्थिक सुधार गर्न तर्फ लाग्नुपर्ने बताए ।

साथै उनले व्यवसायीहरुको हक हित र समृद्धिको निम्ती स्थानीय सरकार गम्भिर रहेको समेत बताए ।

त्यस्तै चेम्बर अफ कर्मशका अध्यक्ष टोपबहादुर घर्तिले तुलसीपुरमा सोचे अनुरुप होटेल व्यवसाय फस्टाउन नसकेको बताए ।

उनले व्यवसायलाई मर्यादित बनाउन र यसको विकासका लागि युवाहरुको खाँचो रहेको बताए ।

त्यस्तै समितिका पुर्व अध्यक्ष गोर्कण प्रसाद गिरीले कोभिड–१९ को महामारीको समयमा मारमा परेको होटेल व्यवसायीहरुको हकहितका निम्ती राज्यले कुनै चाँसो नदिएको भन्दै गुनासो गरे ।

त्यस अवसरमा समितिका सल्लाहाकार नेत्र वलि,तुलसीपुर उद्योग वाणिज्य सघंका उपाध्यक्ष मिनराज भण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समितिका सचिव इन्द्र बहादुर बस्नेतले सांगठनिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष चुर्ण बहादुर वलिले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

साधारण सभा कार्यक्रममा समितिका पुर्व अध्यक्ष,सल्लाहाकार,विभिन्न सघं सस्थाका प्रतिनिधिहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७९ असार ३२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *