प्रमोद आचार्य,दंगीशरण,असार ३१ । दंगीशरण गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि असार १० गते प्रस्तुत गरेको बजेट आजको गाउँसभाको तेस्रो बैठकले बहुमतले पारित गरेको छ ।
बजेट गाउँपालिका उपाध्यक्ष पिमा खड्काले सार्वजनिक गरेकी हुन । आगामी वर्ष २०७९/८० मा दंगीशरण गाउँपालिकाको कूल बजेट ४८ करोड ९ लाख ३९ हजार तिन सय रुपैयाको बजेट पारित भएको हो ।
कुल बजेट ४८ करोड ९ लाख ३९ हजार तिन सय मध्ये चालु तर्फ २१ करोड ६१ लाख ४३ हजार र बिकास खर्च तर्फ २६ करोड ४७ लाख ९६ हजार ३ सय बजेट विनियोजन गरेको छ ।अर्थात पुजिगत तर्फ ५५ प्रतिशत र चालु तर्फ ४५५ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्ष २०७९र८० का लागि संघीय सरकारबाट प्राप्त हुने समाणीकरण अनुदान १० करोड ४९ लाख, शशर्त अनुदान चालू तर्फ १२ करोड ८५ लाख, शशर्त अनुदान पुँजीगत तर्फ ४ करोड ३७ लाख, राजश्व बाँडफाँड बापतको ८ करोड १८ लाख ३८ हजार गरि कुल ३५ करोड ८९ लाख ३८ हजार बजेट प्राप्त भएको छ।
यस्तै प्रदेश सरकारबाट समाणीकरण अनुदान ५६ लाख २४ हजार, राजश्व बाँडफाँड बापत ५२ लाख ७८ हजार, समपूरक अनुदान १ करोड ५० लाख, विषेश अनुदान ६० लाख, शशर्त अनुदान चालु तर्फ ६० लाख पुजिगत तर्फ ९५ लाख गरि कुल ४ करोड ७४ लाख २ हजार बजेट प्राप्त भएको छ ।
आर्थिक वर्ष २०७९र८० मा गाउँपालिकाको आन्तरिक आम्दानी १ करोड ३५ लाख हुने प्रक्षेपण गरिएको छ । संघीय सरकारबाट प्राप्त बजेट, प्रदेश सरकारबाट प्राप्त बजेट र गाउँपालिकाको आन्तरिक आम्दानी गरि आर्थिक वर्ष २०७९र८० मा जम्मा रु।४१ करोड ९८ लाख ४० हजार रुपैया प्राप्त भएको छ ।
निर्धारित बजेटको आकारमा अपुग हुने रकम रु। ६ करोड १० लाख ९९ हजार तिन सय गाउपालिकाको गत बर्षको बैन्क मौज्दात तथा बचत हुने रकम बाट बेहोर्ने गरि कुल ४८ करोड ९ लाख ३९ हजार तिन सय प्रक्षेपण गरिएको छ ।
संविधानतस् ७५३ वटा स्थानीय तहहरुले नै असार १० गतेभित्र आगामी आर्थिक वर्षको अनुमानित आय व्ययसहितको वित्तीय खाका९बजेट० ल्याउनुपर्ने प्रावधान रहेको छ । विनियोजन कार्यक्रमको अध्यक्षता दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले गरेका थिए ।
कार्यक्रममा ७ वटै वडाका वडाध्यक्ष, गाउँकार्य पालिकाका सदस्य, वडा सदस्य, महिला सदस्य, गाउँपालिकामा विभिन्न शाखामा कार्यरत कर्मचारिहरुको सहभागिता रहेको थियो ।
बजेट सार्वजनिक कार्यक्रमको सञ्चालन गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले गरेका थिए ।
यसैबिच गाउँशभाको तेस्रो बैठकले ९ वटा बिषय बहुमतले पारित गरेको छ । गाउँसभामा प्रस्तुत बिषय अन्तर्गत न्यायिक समिति गठन ,बिधायन समिति गठन ,लेखा समिति गठन , योजना तथा स्थानिय तहको भौतिक पुर्बाधार यातायात शुसासन समिति गठन ,दंगिशरण कृषि तथा पशु उद्यमसिल विकास परियोजना, ३ न वडा कार्यालयको प्रशासनिक भबन सम्बन्धमा ,र आर्थिक बर्ष २०७९र०८० बजेट पारित गर्ने सम्बन्धमा पारित गरियोस भन्ने सभाअध्यक्षको प्रस्तावलाइ बहुमतले पारित गरेको हो ।
दंगिशरण गाउँपालिकाको वार्षिक बजेट २०७९/०८० को बजेटले शिक्षा , स्वास्थ्य र कृषिलाइ विशेष प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष शम्भु गिरिले बताए ।
